Logo

नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरुद्वारा सामूहिक राजीनामा



कखरा संवाददाता


१० भदौ, काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको सात बुँदे माग मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले हिजो सामूहिक राजीनामा दिएका हुन् ।

सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बिमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसियु र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्ने माग राखेका थिए ।

यस्तै, यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँच दिन क्वारेन्टाइनमा बसेपछि पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा पुनः डियुटीमा लगाइनुपर्ने, इमर्जेन्सीको रेडजोनलाई कोभिड आइसोलेसन समान नर्सिङ स्टाफहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र सात दिन अस्पताल क्वारेन्टाइन त्यसपछि सात दिन होम आइसोलेसनको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेका थिए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले राखेको माग सुनवाइ नभएपछि उनीहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्