Logo

देउवालाई पराजित गर्न सक्ने म मात्रै हुँ : शशांक कोइराला



कखरा संवाददाता


९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले आउँदो महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गरेका छन्।

देउवा इतर समूहबाट धेरै सभापतिको आकांक्षी देखिएको बेला कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने बताएका हुन्।

पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनको भनाई छ। न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताएका हुन्।

कोइराला परिवारबाटै शेखर कोइरालाले पनि सभपातिको उम्मेद्वार हुने बताइ रहेका बेला शशांकले रामचन्द्र पौडेल भन्दा पनि बलियो र शसक्त उम्मेद्वार भएको घोषणा गरेका हुन्।

कोइरालाले भने, ‘मैले धेरैसँग परामर्श गर्दै छु। उनीहरु तपाई नै उठ्नुप¥यो भन्नुहुन्छ। तर मैले धेरै साथीहरुका दाबी छ भन्छु। रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ। प्रकाशमान छन् धेरे छन सबै उठेर त भएन नी।’

उनले देउवा इतर समूहको एक मात्र लक्ष्य उनलाई हराउनु भएकाले त्यसैअनुसार अघि बढ्नु पर्ने आवश्यकता औंल्याए।

‘हामी सबै मिलेर एक जना उठ्नुप¥यो। त्यसका लागि आपसमा वार्ता हुनुप¥यो। वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ। व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाईले पनि सक्नुहुन्न अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जी लाई हराउने व्यक्ति छैन, देउवाले भने।

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए।

सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको कोइरालाको भनाई छ । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उल्लेख गरे।

उनले भने, ‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ। उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप¥यो। किन की अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो।’

प्रतिक्रिया दिनुहोस्