Logo

चेतनामूलक छोटो चलचित्र ‘कोभिड –१९’



कखरा संवाददाता


६ भदौ, काठमाडौं । पाल्पामा ‘कोभिड–१९’बारे चेतनामूलक छोटो चलचित्र निर्माण भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, श्रीनगर युवा रेडक्रस सर्कल पाल्पाले संयुक्त रुपमा ‘कोभिड १९’ नाम राखेर यस बिषयमा चेतनामुलक छोटो चलचित्र (सर्ट मुभी) निर्माण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी, श्रीनगर युवा रेडक्रस सर्कलका अध्यक्ष सुवास गैरेले कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा आफूहरुले समाजमा चेतना जगाउने उद्धेश्यले सानो प्रयासस्वरुप छोटो चलचित्र निर्माण गरेको बताए ।

कला दाहालको कथा रहेको चलचित्रमा सुदर्शन पाण्डे, सौरभ सापकोटा, अरुण कार्की, तिर्थराज लम्साल, विनोद भारती, मनिसा गैरे, सृजना न्यौपाने, सृजना पाण्डे, अनुसा शाक्य, सृजना बस्याल, सचिन सिलवाल, विजय पाल्पाली, सौरभ उचैलगायतले अभिनय रहेको छ ।

मनिष अर्यालको छायाँकन रहेको फिल्म सुदर्शन पाण्डेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्