Logo

गुगल डाउन : जिमेल र गुगल ड्राइभमा समस्या, युट्युबमा भिडियो अपलोड भएन



कखरा संवाददाता


५ भदौ, काठमाडौं । विश्‍वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमा एक गुगलका कयौँ सेवा विश्‍वभर डाउन भएको छ । कम्पनीको जिमेल सर्भिस र गुगल ड्राइभ सर्भिस बुधबारदेखि नै विश्‍वभर डाउन भएको हो ।

जसका कारण युजरले अनेकौं समस्या झेल्नु परेको छ । जिमेलमा फाइल एट्याच नहुने सबैभन्दा ठूलो समस्या देखिएको छ । गुगलका यी दुवै सर्भिसमा समस्या डेस्कटपका एपमा पनि देखिएको छ । कम्पनीले पनि यस कुराको पुष्टि गरेको छ। यस सम्बन्धमा ट्विटरमा पछिल्लो एक घण्टामा लाखौं प्रयोगकर्ताले गुगललाई गुनासो गरेका छन् ।

बुधवार, १९ अगस्टदेखि नै जिमेलमा फाइल एट्याच भइरहेको छैन । जिमेलमा फाइल एट्याच गर्न खोज्दा बारम्बार जम्प गरिरहेको छ । त्यसपछि फेरि एट्याच हुन खोज्छ। यो समस्या बिहीबार पनि हल भएको छैन । यता कम्पनीले यस समस्याको जाँच सुरू गरेको छ। गुगलका अनुसार गुगल मिट, गुगल भ्वाइस र गुगल डक्समा देखिएको प्राविधिक समस्याका आधारमा नयाँ अपडेट थालिएको छ ।

अर्कातिर कयौँ प्रयोगकर्ताहरूले युट्युबमा भिडियो अपलोड नभएको पनि गुनासो गरिरहेका छन् । अहिले भने यसको समस्या समाधान भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्