Logo

निषेधाज्ञामा खुले ब्रोकर कम्पनी



कखरा संवाददाता


५ भदौ, काठमाडौं । शेयरबजार निषधाज्ञामा पनि खुलेपछि ब्रोकर कम्पनीहरू पनि खुलेका छन् ।

बिहीबार नियमित रूपमा कारोबार संचालन गर्न ब्रोकर कम्पनीहरू खुलेका हुन् । सेवा प्रवाहमा समस्या नआओस् भनेर नजिकै भएका केही कर्मचारीलाई मात्रै कार्यालयमा बोलाएर ब्रोकर कम्पनी खोलिएका हुन् ।

गृह मन्त्रालयबाट नेप्से, धितोपत्र बोर्ड र ब्रोकर कम्पनीका कर्मचारीलाई कार्यालय आउन छुट दिनू भनेर निर्देशन आए पनि बीच बाटोमा रोकिँदा समस्या भएको ब्रोकर कम्पनी एसोसिएसनका एक कर्मचारीले बताए ।

त्यसो त एसोसिएसनले वर्क फ्रम होम र अत्यावश्यक कर्मचारीलाई कार्यालय आउने व्यवस्था गरेर भए पनि सेवा नरोक्ने बताउँदै आएको छ ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङले पनि कार्यालयमा न्यूनतम कर्मचारी उपस्थित रहेर बजार सञ्चालनको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्