Logo

सीपीएलमा सन्दीपको टिम जमैका विजयी



कखरा संवाददाता


४ भदौ, काठमाडौं । क्यारबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेको टिम जमैका तल्लावाहजले विजयी सुरुवात गरेको छ। ट्वेन्टी–ट्वेन्टी लिगमा जमैका तल्लावाहजले सेन्त लुसिया जुक्सलाई पाँच विकेटले पराजित गरेको हो ।

ट्रिनिडाड एण्ड टोबागोमा भइरहेको प्रतियोगितामा सन्दीप रहेको टिम जमैका तल्लावाहजले १५९ रनको लक्ष्य ७ बल बाँकी हुँदा पाँच विकेटका क्षतिमा भेट्टाएको हो ।

ट्रिनिडाड एण्ड टोबागोमा भइरहेको प्रतियोगितामा सन्दीप रहेको टिम जमैका तल्लावाहजले १५९ रनको लक्ष्य ७ बल बाँकी हुँदा पाँच विकेटका क्षतिमा भेट्टाएको हो । सन्दीप लामिछाने यो खेलमा एक विकेट लिए ।

जमैकाका लागि ग्लेन फिलिप्सले ४४ तथा कप्तान रोभमन पावेलले २६ रनको योगदान दिए । यस्तै आसिफ अलीले नटआउट ४७ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्