Logo

झण्डा जलाउने समूहका चार जना समातिए



कखरा संवाददाता


३ भदौ, काठमाडौं । नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र सुनसरीको धरानमा एक÷एक जनाको मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६१ वर्षिया महिलाको मृत्यु भएको छ ।

साउन २१ गतेदेखि उपचार गराइरहेकी भक्तपुर सुर्यविनायककी महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले आज बिहान ६ बजे जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । मोरङको बूढीगंगा–२ की ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

अस्ति राति २ बजे अस्पताल भर्ना भएकी उनको हिजो बेलुकी मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक महिला मुटुको रोगी थिइन । विराट मेडिकल कलेजमा उपचार गराइरहेकी उनमा खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएपछि प्रतिष्ठानमा रेफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्