Logo

फिल्म ‘रुम नम्बर १०८’ बन्ने



कखरा संवाददाता


२ भदौ, काठमाडौं । अभिनेता सलोन बस्नेतले फिल्म निर्माण गर्ने भएका छन् । बस्नेतले ‘रुम नम्बर १०८’ नाम राखेर फिल्म निर्माण गर्न लागेका हुन् ।

फिल्ममा सलोनको अलवा अभिनेता आमेशको समेत मुख्य भूमिका रहनेछ । ‘सम्हालिन्छ कहिले मन’, ‘यात्रा’, ‘सो सिम्पल’ लगायत थुप्रै फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका सुरेश न्यौपानेको निर्देशन रहने फिल्म सलोनको गृहब्यानर सलोन सलिना फिल्मस्बाट निर्माण हुन लागेको हो ।

प्रेमकथामा बन्ने फिल्मको अहिले लेखन सकिएको छ । अभिनेत्री भने छनौटको क्रममा रहेको फिल्म कोरोनाको कहर सामान्य भएपछि छायाँकनमा निस्किनेछ । सलोन र आमेश यस अगाडि फिल्म ‘मेला’ मा पनि एकसाथ देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्