Logo

नेकपा कार्यदलको पहिलो बैठकमा विवाद समाधानका उपायबारे छलफल



कखरा संवाददाता


३२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक शनिबार भैँसेपाटीमा बसेको छ ।

बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे सामान्य छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनार्दन शर्मा छन् ।

प्रस्तावको खाकामा सामान्य छलफल भए पनि पहिलो बैठक गफगाफमै सीमित भएको ती सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलका क्रममा पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्