Logo

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश



कखरा संवाददाता


३२ साउन, काठमाडौं । विश्व क्रिकेटका कीर्तिमानी कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका छन् ।

भारतीय समाचार संस्था पीटिआईले धोनीले सन्याश लिएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन् । भारतले सन् २००७ मा टीट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवशीय विश्वकपको उपाधि जितेको थियो ।

३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले व्यावशायीक क्रिकेटबारे भने कुनै निर्णय नगरेको जनाइएको छ ।

धोनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । धोनीले अन्तिमपटक सन् २०१९ को एकदिवशीय विश्वकप खेलेका थिए जसमा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदा धोनीले ५० रन बनाएका थिए ।

धोनीले तीन सय ५० एकदिवशीय अन्तर्राष्ट्रिय, ९० टेस्ट र ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसबीचमा १५ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका धोनीले विकेटकिपरका रुपमा ८ सय बढीपटक ब्याट्सम्यानलाई आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्