Logo

ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त



कखरा संवाददाता


३१ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले बज्राचार्यलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो । अनुभवी बैंकरको रूपमा परिचित बज्राचार्यले १ भदौदेखि नेतृत्व सम्हाल्ने छन् ।

बज्राचार्यले यसअघि पनि ग्लोबल आइएमई बैंक, सनराइज बैंक, एनसिसी बैंकको सिइओका रूपमा रही अनुभव संगालेका छन् । उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा मर्जरपछिको कर्मचारी व्यवस्थापन सफल बनाएका थिए । १ महिनाअघि पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएपछि बैंकको सिइओ पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्