Logo

कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु



कखरा संवाददाता


३० साउन, काठमाडौं । विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासका अनुसार बिहीबार राती ८ बजे अस्पतालको आइसोलेसनमा उपचाररत ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार उपचारका लागि भर्ना भएका सिरहाको विष्णुपुर गाँउपालिका १ का पुरुषको बिहीबार मृत्यु भएको हो ।

उपचारका क्रममा समस्या थप बढ्दै जाँदा धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको भए पनि प्रतिष्ठानले शैया खाली नभएको जनाएपछि कोशीमै राखेर उपचार गरिएको थियो ।

यो सँगै कोशी अस्पतालमा ६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ। यसअघि, महानगरपालिकाको वडा ९ का दुई पुरुष, वडा ३ र ५ का समान १ पुरुष र रंगेली नगरपालिकाका १ पुरुषको मृत्यु भइसकेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्