Logo

५ सय ४५ नेपाली कामदार विदेशी जेलमा, मुख्य कारण ग्याङ फाइट र मदिरा



कखरा संवाददाता


२७ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका नेपाली कामदार गन्तव्य देशमा होहल्ला र झैझगडाका कारण ज्यान गुमाउने गरेको पाइएको छ ।

रोजगारीका लागि विभिन्न देश पुगेका नेपाली सम्बन्धित देशको कार्यक्षेत्रमा झैझगडा गर्दा र मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्दा कानुनीले झमेलामा परेर जेल पर्ने गरेका छन् । गत महिना मलेसिया सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारलाई अर्का रोजगारीमा कार्यरत नेपाली कामदारले नै कुटपिट गरेका थिए ।

ती गार्डलाई कुट्ने व्यक्ति कपिलवस्तुका राम गोपाल मुराउ रहेको र कुटाई खाने व्यक्ति नवलपरासीका इस्लाम हुसेन रहेको मलेसियास्थित दूतावासले जनाएको छ । हाल उनीहरूलाई मलेसिया प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू अवैध भएका कारण १० वर्ष जेल र आर्थिक जरिमाना हुन सक्ने मलेसिया प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गत वर्ष कतारमा बंगलादेश नागरिकसँग सामूहिक ग्याङ फाइट पर्दा १ जना नेपाली ज्यान गुमाए । ग्याङ फाइटमा सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको कतारस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । उनीहरू विदेशी केटी जिस्काउने निउँमा सामान्य विवाद हुँदा सामूहिक ग्याङ फाइटमा उत्रिएको दूतावासले जनाएको थियो ।

कतारमा भएको ग्याङ फाइटमा अरू ५ जना नेपाली घाइते भएका छन् । अघिल्लो वर्ष यूएईमा नयाँ वर्षको अवसरमा नेपाली, भारतीय र थाइल्याण्डका कामदारबीच सामूहिक ग्याङ फाइट परेको थियो । त्यो ग्याङ फाइटमा पनि नेपाली युवा घाइते भएका थिए भने १ भारतीय नागरिकको ज्यान गुमाएका थिए ।

यूएई, मलेसिया र कतारमा सामूहिक ग्याङ फाइट
वैदेशिक रोजगारीका लागि कतार, मलेसिया र यूएई पुगेका नेपाली धेरै सामूहिक झगडामा सामेल हुने गरेको दूतावासले बताएका छन् । कतार, मलेसिया र यूएईका दूतावासले चाडपर्वका बेला मदिरा सेवन गरेर झैझगडा नगर्ने विज्ञप्तिमार्फत कामदारलाई जानकारी गराउँदै आएका छन् । यी देशमा मदिरा खाएर धेरै नेपाली कामदार सूमहमा भेला भएर होहल्ला गर्दा कानुनी झमेलामा पर्ने गरेका छन् ।

पछिल्लो समय साउदी अरब, कतार र कुवेतमा पनि विदेशी कामदारबीच सामूहिक झगडा पर्ने गरेको घटना दूतावासले सार्वजानिक गर्दै आएका छन् । यूएई रोजगारीका लागि आएका विदेशी कामदारबीच पनि धेरै सामूहिक झगडा पर्ने गरेको छ । जसमा नेपाली र बंगलादेशका श्रमिकबीच धेरै सामूहिक झगडा पर्ने गरेको घटना धेरै छन् ।

३ वर्ष मलेसियामा नेपाली, बंगलादेश र तामिल नागरिकबीच झगडा हुँदा २ जना नेपालीले ज्यान गुमाएका थिए । मलेसियामा व्यक्तिगत झगडाका कारण धेरै नेपाली ज्यान गुमाउने गरेका छन् ।

मलेसियामा नेपाली र अन्य देशका श्रमिकबीच झगडा पर्दा धेरै नेपाली घाइते हुने गरेका छन् । यसरी घाइते भएका कामदारको रोजगारदाता र दूतावासको सहयोगमा उद्धार गरेर नेपाल ल्याएर उपचार गराउने गरेको बोर्डले जनाएको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा रोजगारीका लागि पुगेका नेपाली कामदारको अन्य देशका श्रमिकसँग धेरै सामूहिक झगडा गरेका घटना दूतावासमा आउने गरेका छन् ।

मलेसिया आएका कामदार मदिरा अन्य अवधै क्रियाकलापका कारण कानुनी समस्यामा पर्ने गरेको दूतावासका राजदूत उदयराज पाण्डेले बताए । मलेसियामा मदिरा र अरूको लैहलैहमा लागेर धेरै रोजगारीका लागि आएका नेपाली जेलसमेत गर्ने गरेको उनको भनाई छ ।

खाडी देश मलेसिया मात्र होइन पछिल्लो समय अध्ययनसँगै रोजगारीका लागि जापान, अष्ट्रेलिया, युरोप र अमेरिका पुगेका नेपाली विद्यार्थीको पनि अन्य देशबाट अध्ययनका लागि आएका विद्यार्थीसँग सामूहिक झगडा गर्ने गरेका छन् ।

२ वर्षअघि जापानको टोकियो पार्कमा नेपाली र अन्य देशका विद्यार्थीबीच सामूहिक झगडा पर्दा यातायात नै अवरुद्ध भएको थियो ।

नियोगसँग हालसम्म सामूहिक झगडाका कारण विदेशमा कति नेपालीले ज्यान गुमाएर भनेर एकीन तथ्यांक छेन । तर, गएको एक दशकमा २० जनाभन्दा धेरैले सामूहिक झगडामा ज्यान गुमाएको नियोगको अनुमान छ ।

ग्याङ फाइट र मदिरा मुख्य कारण
वैदेशिक रोजगारीमा कार्यरत कामदारको ग्याङ फाइटको पर्नुको मुख्य कारण मदिरा सेवन नै भएको दूतावासले जानकारी दिएका छन् ।

विदेशमा बिदाका दिन मदिरा सेवन गरेर केटी जिस्काउँदा २ समूहबीच कुटाकुट हुने गरेका घटना धेरै छन् । अपशब्द बोल्दा र बेग्लाबेग्लै देशबाट आएका श्रमिकबीच मतभेद हुँदा झगडा पर्ने गरेका छन् । अघिल्लो वर्ष यूएईमा नेपाली, भारतीय र बंगलादेशका कामदारबीच सामूहिक ग्याङ फाइटलाई नियन्त्रण गर्न यूएई प्रहरीलाई निकै समय लागेको थियो ।

नियन्त्रणमा आएपछि खुल्ला रूपमा कुटाकुट गर्ने नेपाली युवालाई स्वदेश फर्काइएको थियो । वैदेशिक रोजगारीमा गएका विदेशी कामदारबीच आफनो देशका बारेमा राम्रारनराम्रा टीकाटिप्पणी हुँदा सामूहिक झगडा हुने गरेको छ ।

आफ्ना देशका बारेमा नराम्रो भनेर अर्को देशका कामदारले टिप्पणी गर्दा झगडाको वातावरण सिर्जना हुने गरेको मलेसियामा रोेजगारी गरेर फर्किएका रामकुमार कार्कीले बताए । मलेसियामा धेरै नेपाली मदिरा खाएर सामूहिक झगडा पर्दा प्रहरी फन्दामा पार्ने गरेको उनको भनाइ छ ।

मलेसिया र यूएईमा धेरै महिलाका कारण पनि सामूहिक झगडा हुने गरेको छ । कतिपय विषयमा मदिरा पिएर पनि झगडा पर्ने गरेको छ । रोजगारीका लागि यूएई आएका कामदारलाई यूएईस्थित नेपाली दूतावासले होहल्ला, मदिरा सेवन र सामूहिक झगडा नगर्न सावजानिक सूचनामार्फत जानकारी गराउँदै राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । दूतावासले सबै विषयमा सूचनामार्फत जानकारी र सचेतना गराउँदै आएको उनको भनाई छ ।

५ सय ४५ नेपाली जेलमा
वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका ५ सय २६ जना पुरुष र १९ महिला जेलमा रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । बोर्डको तथ्यांकअनुसार रोजगारीका लागि खाडीका देश र मलेसिया गएका धेरै नेपाली कामदार जेलमा रहेका छन् ।

बोर्डको तथ्यांकमा सबैभन्दा धेरै मलेसियाका जेलमा २ सय ३ जना पुरुष र २ जना नेपाली महिलाले बन्दी जीवन बिताइरहेका छन् । यस्तै, यूएईमा १ साय ८५ जना, कुवेतमा ५८ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना, बहराइनमा ५ जना र ओमानमा ३ नेपाली जेलमा रहेको बोर्डले जनाएको छ ।

यूएईमा १२ जना नेपाली महिला जेल जीवन बिताइरहेको बोर्डले जनाएको छ । विदेशी जेलमा रहेका नेपालीको समस्या पहिचान गरेर छुटाउन मिल्ने र सामान्य मुद्धामा जेल परेका कामदार छुटाउन प्रयास भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

सरकारले विदेशमा रहेका नेपालीको घटनाका आधारमा छुटाउन विषयमा सम्बन्धित देशसँग छलफल भइरहेको उनको भनाइ छ । कोरोना भाइरसका कारण ४ महिनादेखि जेलमा परेका कामदारको तथ्यांक लिन नसकेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्