Logo

तोकियो पानीको मूल्य, १ बोतलको १६ रुपैयाँ



कखरा संवाददाता


२७ साउन, काठमाडौं । व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन १ सय ३० रुपैयाँ तोकिएको छ ।

ठाउँ र क्षेत्रअनुसार व्यापारीहरूले मनपरी मूल्य लिन थालेपछि समर्थन मूल्य तोकिएको विभागले जनाएको छ ।

त्यस्तै, प्रशोधित पानी प्रतिजारमा खुद्रा मूल्य अधिकतम ५० रुपैयाँ मूल्य तोकिएको छ । विभागले तोकेको समर्थन मूल्य १ भदौबाट लागू हुनेछ ।

विभागले उपत्यकासहित देशका विभिन्न क्षेत्रमा अनुगनका क्रममा १५ देखि ५० रुपैयाँसम्म मूल्य लिएको भेटाएपछि समर्थन मूल्य तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्