Logo

कांग्रेसले भन्यो- कोरोना रोक्न सरकारको भर छैन, आफैँ मास्क लगाऔँ



कखरा संवाददाता


२७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिले महामारी रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप फेरि लएको छ।

समितिले कोरोना नियन्त्रण गर्न सरकारका काम कारबाही पर्याप्त नभएकाले जनतालाई आफैँ सजग आह्वान गरेको छ।

सोमबार अनुगमन समितिका संयोजक रहेका नेता प्रकाशशरण महतले भनेका छन्, ‘हामीलाई थाहा छ, सरकार संवेदनशील छैन र संक्रमणले व्यापक रुप लिन सक्छ। सरकारको भरोसा धेरै गर्न नसकिने भएकोले आफ्नो सुरक्षामा आफै सजग हुने र अरुलाई पनि सजग गराउने आह्वान गर्दछौं।’

समितिले आफूले लिएको सुझाव कार्यान्वयन गर्न सरकार गम्भीर नदेखिएको आरोपसमेत लगाएको छ। समितिले कांग्रेसका नेता कार्यकर्तालाई कोभिड–१९ को रोकथाममा लाग्न निर्देशन पनि दिएको छ।

कांग्रेसले आम नागरिकलाई निम्न बमोजिम स्वास्थ्य सजगता अपनाउन आग्रह पनि गरेको छ।

१. मास्क लगाउन कुनै पनि हालतमा नर्बिसौं ।
२. एक अर्का सँग भेट्दा अनिवार्य रुपमा भौतिक दूरी कायम राख्न नभुलौं ।
३. स्यानीटाइजरको प्रयोग गर्ने र सावुन पानीले पटक–पटक हात धुने कुरालाई अनिवार्य रुपमा अवलम्वन गरौं ।
४. अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिडडुल गरौं ।

प्रतिक्रिया दिनुहोस्