Logo

कन्ट्याक्ट ट्रेसिङमा परेपछि अनमोलले गराए कोरोना परीक्षण



कखरा संवाददाता


२४ साउन, काठमाडौं । अभिनेता अनमोल केसीले कोरोना परीक्षण गराएका छन् । केहि दिनअघि एउटा स्कुटरको विज्ञापन छायाँकन गरेका अनमोलले आफु संक्रमितको ट्रेसिङ्गमा परेपछि ‘कोभिड १९’को परीक्षण गराएका हुन् ।

उक्त विज्ञापनको युनिटमा रहेका एक सदस्यलाई कोभिड १९ पोजेटिभ देखिएको थियो । त्यसपछि उक्त यूनिटकै परीक्षण गर्ने क्रममा अनमोलको पनि परीक्षण गरिएको हो ।

दुई दिनअगाडि परीक्षण गराएका अनमोलको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ । उनलाई कुनै प्रकारको लक्षण समेत देखिएको छैन । उनी अहिले घरमै सामाजिक दुरी बनाएर बसेका छन् । लकडाउन अवधिभर घरमै रहेका अनमोलले लकडाउन खुला भएपछि भने केही विज्ञापनमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्