Logo

नारायणकाजीमाथि खनिए रिमाल, ‘कम से कम लाज त जोगाउनुस्’



कखरा संवाददाता


२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको लाज जोगाउन आग्रह गरेका छन्।

विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्न चेतावनी दिँदै रिमालले कमसेकम पार्टी प्रवक्ताको इज्जत जोगाउन श्रेष्ठलाई आग्रह गरेका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै रिमालले भनेका छन्, ‘पार्टी एकता विरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् ।’ उनले अघि भनेका छन्, मुलुक संवेदनशील मोडमा छ महसुस होस् ।’

प्रतिक्रिया दिनुहोस्