Logo

‘लान्छु तिमीलाई’मा पुष्प र जेबिका



कखरा संवाददाता


२२ साउन, काठमाडौं । इन्द्रजित मिजार र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘लान्छु तिमीलाई’ बोलको गीतमा रञ्जित गजमेरले संगीत दिएका छन् । गीतको शब्द गोपाल लोहारले लेखेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा पुष्प खड्का र जेबिका कार्की फिचर भएका छन् । भिडियोमा यस जोडीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

श्याम लामा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका छन् । भिडियो सम्पादनको काम विकास दाहालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्