Logo

बन्दाबन्दीमा रोजगारी : होटल क्षेत्रका कर्मचारी सबैभन्दा मारमा, शिक्षाक्षेत्र सुरक्षित



कखरा संवाददाता


२२ साउन, काठमाडौं । रोजगारी कटौतिका हिसाबले बन्दाबन्दीको प्रभाव सबैभन्दा धेरै होटल क्षेत्रमा परेको देखिएको छ भने सबैभन्दा न्यून प्रभाव शिक्षाक्षेत्रमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेअनुसार बन्दाबन्दीको कारण होटल तथा रेष्टुरा क्षेत्रमा ४० प्रतित कर्मचारी कटौति गरेको देखिएको छ । तर, शिक्षाक्षेत्रमा भने जम्मा ५ प्रतिशत कर्मचारी कटौति गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । अधिकांश प्रतिष्ठानहरू कटौति गरिएका कर्मचारीमा अस्थायी र करार कर्मचारी देखिएका छन् ।

होटल तथा रेष्टुरा क्षेत्रमा कटौति भएका कर्मचारीमा ५८ प्रतिशत अस्थायी तथा करार रहेका छन् भने शिक्षाक्षेत्रमा ९४ प्रतिशत करार तथा अस्थायी कर्मचारी देखिएका छन् । रोजगारीको हिसाबले सबैभन्दा कम रोजगारी गुमाउनेमा शिक्षा क्षेत्रका कर्मचारी रहेका छन् ।

कृषि वन तथा मत्स्यपालनमा २१ प्रतिशतले जागिर गुमाएका छन् । जसमध्ये ८० प्रतिशत अस्थायी र करार रहेका छन् । खानी तथा उत्खनन् क्षेत्रमा १६.६७, उत्पादनमुलुक उद्योगमा २३.४९, विद्युत्, ग्यास तथा पानीमा ३९ प्रतिशत, निर्माण क्षेत्रमा २३ प्रतिशतले जागिर गुमाएका छन् । जागिरक गुमाएका मध्ये यी क्षेत्रमा क्रमश: ७५, ६४, ४४ र ७८ प्रतिशत अस्थायी र करार रहेका छन् ।

यातायात तथा भण्डार क्षेत्रमा १८, सञ्चार क्षेत्रमा २१, रियलस्टेट क्षेत्रमा १८.७५ स्वास्थ्य तथा सामाजिक क्षेत्रमा १५ प्रतिशतले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएका मध्ये यी क्षेत्रमा क्रमशः ९१, ६४, ५० र ९४ प्रतिशत अस्थायी तथा करार कर्मचारी रहेका छन् । समग्रमा २२ प्रतिशतले बन्दाबन्दीको अवधिमा रोजगारी गुमाएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्