Logo

‘राजनेता ओलीलाई यति गाली त पञ्चायती शासक र भारतीय मिडियाले पनि गरेका थिएनन्’



कखरा संवाददाता


२२ साउन, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा अध्यक्ष प्रचण्डसहितका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले प्रचण्डसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाएका हुन् ।

चार नेतालाई ग्याङ अफ फोरको संज्ञा दिँदै थापले पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको उल्लेख गर्नुभएको छ । अहिले नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको थापाको आरोप छ । १० वर्ष अघि तत्कालीन अध्यक्ष प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्दा माओवादी विभाजन भएको प्रसंग उल्लेख गर्द थापाले अहिले धोवीघाट गठबन्धनकै रिहर्सल भइरहेको टिप्पणी गरेका छन् । पार्टीका चार शीर्ष नेताको हिजोको केही पत्रकारमाझ बोलेका विषयलाई लिएर थापाले यस्तो बताएका हुन् ।

नेकपाकै केन्द्रीय सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठले पनि पार्टी पत्रकारको गुट भेलामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई गाली गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । पत्रकारहरुमाझ नेताहरुले बेलेको कुरा सुरुदेखि अन्तिमसम्म जस्ताको तस्तै सुनेको भन्दै श्रेष्ठले भन्नुभएको छ, ‘राजनेता ओलीलाई यति धेरै गाली त पञ्चायती शासकले पनि गरेका थिएनन्, भारतीय मिडियाले पनि गरेका थिएनन् । बेकारमा सुनेछु । कमरेडहरुको राष्ट्रियता र शब्द छनौट देखेर आफैंलाई लज्जाबोध भयो । शीर्ष नेताहरुबीच पटक पटक छलफल भएपनि दुवै पक्ष अडानबाट पछि नहट्दा नेकपाको विवाद झन् बल्झिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्