Logo

शनिबार बेलुकादेखि भारी वर्षा हुने



कखरा संवाददाता


२२ साउन, काठमाडौं । शनिबार बेलुकादेखि मनसुन थप सक्रिय भई देशका धेरैजसो स्थानमा भारी वर्षा हुने भएको छ । पानी पार्ने वायुको प्रणाली र मौसमी न्यूनचापीय रेखा नेपालतर्फ सर्ने भएको धेरै स्थानमा भारी र निरन्तर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै जसो स्थानको मौसम आंशिक देखि सामान्य बदली रहेको छ । बिहीबार दिउँसो धेरैजसो स्थानमा हल्कादेखि मध्यम र एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेश, पाँच नम्बर प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भई पानी पर्नेछ । प्रदेश एक र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी बर्षा हुने सम्भावना रहेको उनले बताए ।

गएराति काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा पानी परेको थियो । उपत्यकामा २२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । उपत्यकाको न्यूनतम तापक्रम बिहीबार विहान २१ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर ३० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्