Logo

बिहीबारदेखि जोरबिजोर प्रणाली लागू, बेलुकी ९ बजेदेखि आवागमनमा पनि रोक



कखरा संवाददाता


२२ साउन, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारीसाधनमा फेरि जोरबिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यकासहित २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा जोरबिजोर प्रणाली लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय पनि भएको छ ।

यस्तै, २ सय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा बेलुकी ९ बजेदेखि विहान ५ बजेसम्म आवागमनमा पनि रोक लगाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्नेगराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने मन्त्रालयले जनाएको छ ।

आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने निर्णय पनि सरकारले गरेको छ । होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्