Logo

आयरल्याण्डको सान्त्वना जित



कखरा संवाददाता


२१ साउन, एजेन्सी । इङल्याण्डसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आयरल्याण्डले जितेको छ । गएराति साउथह्याम्पटनमा भएको खेलमा आयरल्याण्डले इङल्याण्डमाथि ७ विकेटको सान्त्वना जित निकालेको हो ।

श्रृंखला भने इङ्ल्याण्डले २–१ ले जितेको छ । टस हारेर पहिला ब्याटिङमा तानिएको इङ्ल्याण्ड एक बल बाँकी छँदै ३ सय २८ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान इयान मोर्गानले १ सय ६, टम ब्यान्टनले ५८, डेविड विलीले ५१ रन बनाए भने ज्यासन रोय एक रनमा आउट भएका थिए ।

जवाफी ब्याटिङ आएको आयरल्याण्डले पनि एक बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य पार ग¥यो । उसका लागि पल स्टर्लिङले १ सय ४२ र कप्तान एन्डी बल्ब्रिनले १ सय १३ रनको महत्वपूर्ण योगदान गरे । आयरल्याण्ड इङ्ल्याण्डसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्