Logo

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई अझै घाटा



कखरा संवाददाता


१८ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य वृद्धि भएकाले पेट्रोल, डिजेल र मटितेलको मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमले मूल्य वृद्धिसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र पेट्रोल र मट्टितेलको मूल्य ९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको जनाएको छ ।

मूल्य बढाउँदा पनि निगम घाटामै रहेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार मूल्य बढाएपनि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ २३ पैसा र डिजलमा प्रतिलिटर १ रुपैयाँ १५ पैसा घाटा छ ।

प्रतिक्रिया दिनुहोस्