Logo

कोभिड १९ बाट थप २ जनाको मृत्यु, मृतक दुवै वीरगञ्जका



कखरा संवाददाता


१६ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस अर्था संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै पर्साका छन् ।

वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय र वीरगन्ज २ छमकैयाका ६५ वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको हो । ३५ वर्षीय पुरुषको वीरगञ्जको कोभिड अस्पताल गण्डकमा र छपकैयाका पुरुषको आफ्नै घरमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

घरमा नै मृत्यु भएको पुरुषको मृत्यु भएपछि स्वाब संकलन गरी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले बताए ।

यो सहित नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्