
१३ साउन, काठमाडौं । बाग्लुङमा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ ।
सोमबार राति आएको पहिरोले तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको छ । पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइहेको छ। पालबहादुर वैदेशिक रोजगारीमा छन् ।
त्यस्तै, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिँदा करिब पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए । निसीखोला गाउँपालिकामा नै करिब ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको छैन ।