
११ साउन, काठमाडौं । सुशान्त सिंह राजपूतलाई न्याय दिलाउन लडिरहेकी अभिनेत्री कंगना रनौटलाई बलिउडका पुराना कलाकार शत्रुघन सिन्हाले समर्थन गरेका छन् ।
सिन्हाका अनुसार जो जो मानिस कंगनालाई समर्थन गरिरहेका छैनन्, उनीहरु कंगनाको सफलतासँग जलिरहेका छन् ।
शत्रुघन सिन्हाले एक अन्तवार्ताका क्रममा भनेका छन्, ‘बलिउडका एक टोली बाहिरबाट आएको प्रतिभाशाली कलाकारको विरुद्धमा जान्छन् ।’,
रिपब्लिक टेलिभिजनसँगको अन्तवार्तामा शत्रुघनले भनेका छन्, ‘मैले धेरै मानिसलाई कंगनाको विरुद्धमा बोलेको सुनेको छ। किनभने उनीहरु कंगनासँग जल्छन् ।
हाम्रो दया बिना, हाम्रो इच्छा बिना, हाम्रो समूहमा सामिल नभईकन र कसैको आर्शिवाद अलिइकन यो केटीले यति धेरै चिज प्राप्त गरेकी छ भन्दै मानिसहरु उसको सफलतामा जल्छन्।’