
१० साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल र इंग्लिस फुटबल लिग (इएफएल) को नयाँ सिजन आउँदो सेप्टेम्बर १२ देखि सुरु हुने भएको छ । आउँदो सिजनको प्रिमियर लिग मे २३ मा सकिने छ ।
यस्तै च्याम्पियनसिप, लिग वान र लिग टू फुटबलको आउँदो सिजन मे ८ र ९ मा सकिने छ । आउँदो सिजनका प्ले–अफ लाइनल्स मेको अन्तिम हप्ता हुने छन् । प्रिमियर लिगको जारी सिजन आइतबार सकिँदैछ । यो सिजनको खेल कोरोना भाइरसको महामारीका कारण तीन महिना रोकिएको थियो ।
च्याम्पियनसिपको यो सिजन गएको बुधबार सकिएको थियो । यो सिजनका प्ले–अफहरु आउँदो अगस्ट ४ मा सकिने छ । यस्तै यो सिजनको च्याम्पियन्स लिगका बाँकी खेलहरु अगस्ट ७ देखि सुरु हुँदैछन्। फाइनल खेल आउँदो अगस्ट २३ मा हुने छ । यस्तै युरोपा लिगका बाँकी खेलहरु अगस्त ५ देखि सुरु भएर फाइनल खेल अगस्ट २१ मा हुनेछ ।