
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका अढाइ घन्टासम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेट गरेका छन्।
दलीय राजनीतिमा राष्ट्रपति सक्रिय रहेको आरोप लागिरहेका बेला भण्डारी र प्रधानमन्त्री ओलीबीच अढाइ घन्टा भेट भएको हो।
बुधबार बेलुकी साढे सात बजे राष्ट्रपति निवास प्रवेश गरेका प्रधानमन्त्री ओली राति दस बजे बल्ल शीतलनिवासबाट बाहिरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
नेकपाभित्रको राजनीतिमा संकटको सामना गरिरहेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई राष्ट्रपतिले काँध थामिरहेको आरोप पार्टीभित्र र बाहिर लाग्ने गरेको छ।