
६ साउन, काठमाडौं । अभिनेता राजेश हमाल पछिल्लो समय विवादमा मुछिएका छन् । उनी विवादमा आएपछि केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता पनि दिइरहेका छन् । एपिवान टेलिभिजनको एक अन्तर्वार्तामा उनी निकै भावुक बने । उनले भावुक हुदैँ भने, ‘आफू हलिउड बलिउड सबै चिनेको उतै तिर मन लगाएको भए आज नेपालीपन ममा आउने थिएन । तर मेरो उदेश्य भनेको नेपालीपन कै फिल्म खेल्ने थियो । त्यो मैले पूरा गरे । ’
अन्तर्वार्तामा उनले नेपालीपनमा रमाउन मन लाग्ने भएकाले गर्दा नै नेपाली दर्शकले आफूलाई रुचााएको बताए । एपिवान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनलाई प्रस्तोताले एक पटक झापाको कुरा गर्दै हुनुहुन्थ्यो नि ! भन्दै प्रशंंग कोट्याएका थिए ।
राजेश हमालले हाँस्दै भने, ‘एक पटक फिल्मको सुटिङमा झापामा १०–१५ दिनको बसाई भएको थियो । त्यहाँ राजेश हमाल बसेको छ रे भन्ने धेरैले सुन्नु भएको रहेछ । लक्ष्मी पुजाको दिन थियो या के पर्व थियो । त्यहाँका महिलाले भगवान कृष्ण, राम लगायतको फोटो सहितको थालीमा मेरो पनि फोटो राखेर पुजा गर्नुभएको थियो । उहाँहरु आउनु भएको थियो । दर्शकले उचालेर भगवान बनाइदिनुहुन्छ भने कसैले के बनाइदिनुहुन्छ तर म विश्वास छु । म त भगवान त होइन नी ।’