[tdb_mobile_menu inline="yes" menu_id="12" icon_color="#0d0b52" tdc_css="eyJwaG9uZSI6eyJtYXJnaW4tbGVmdCI6Ii0xNiIsImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9"]
[tdb_header_logo align_vert="content-vert-center" show_title="eyJwaG9uZSI6Im5vbmUifQ==" tagline_align_horiz="content-horiz-center" image_pos="" tagline_pos="eyJwaG9uZSI6IiJ9" align_horiz="content-horiz-center" media_size_image_height="83" media_size_image_width="250" image_retina="98" image="98" display="eyJwaG9uZSI6ImNvbHVtbiJ9" inline="yes" f_tagline_font_size="eyJwaG9uZSI6IjE0In0=" f_tagline_font_family="eyJwaG9uZSI6IjczMSJ9" f_tagline_font_weight="eyJwaG9uZSI6IjYwMCJ9" tagline_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_tagline_font_line_height="eyJwaG9uZSI6IjEuMyJ9" f_tagline_font_spacing="eyJwaG9uZSI6IjAifQ==" show_tagline="eyJwb3J0cmFpdCI6Im5vbmUiLCJwaG9uZSI6Im5vbmUiLCJsYW5kc2NhcGUiOiJub25lIiwiYWxsIjoibm9uZSJ9"]
[tdb_mobile_search inline="yes" icon_color="#0d0b52" float_right="yes" tdc_css="eyJwaG9uZSI6eyJtYXJnaW4tcmlnaHQiOiItMTgiLCJkaXNwbGF5IjoiIn0sInBob25lX21heF93aWR0aCI6NzY3fQ=="]
[tdb_header_logo align_vert="content-vert-center" f_text_font_family="731" f_text_font_weight="700" tagline_align_horiz="content-horiz-center" f_text_font_size="eyJhbGwiOiI1MCIsImxhbmRzY2FwZSI6IjQwIiwicG9ydHJhaXQiOiIzMiJ9" align_horiz="content-horiz-center" f_tagline_font_family="731" f_tagline_font_size="17" media_size_image_height="400" media_size_image_width="400" text_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_text_font_line_height="1.4" f_tagline_font_weight="700" show_title="none" icon_pos="" show_icon="none" image_pos="between" tagline_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_tagline_font_line_height="1.3" image_width="350" tdc_css="eyJhbGwiOnsibWFyZ2luLXRvcCI6IjUiLCJkaXNwbGF5IjoiIn19" show_tagline="none"]
[tdb_mobile_search inline="yes"]
[tdb_header_menu main_sub_tdicon="td-icon-down" sub_tdicon="td-icon-right-arrow" mm_align_horiz="content-horiz-center" modules_on_row_regular="20%" modules_on_row_cats="20%" image_size="td_324x400" modules_category="above" show_excerpt="none" show_com="none" show_date="none" show_author="none" mm_sub_align_horiz="content-horiz-right" mm_elem_align_horiz="content-horiz-right" align_horiz="content-horiz-center" menu_id="12" f_elem_font_family="731" f_elem_font_weight="700" f_elem_font_size="eyJhbGwiOiIyMCIsImxhbmRzY2FwZSI6IjEzIiwicG9ydHJhaXQiOiIxMyJ9" tds_menu_active1-text_color_h="#ffffff" tds_menu_active="tds_menu_active2" tds_menu_active2-border_style="" f_elem_font_transform="none" tds_menu_active1-line_color="" tds_menu_active1-line_height="0" mm_width="1200" mm_subcats_bg="#ffffff" f_mm_sub_font_family="731" f_mm_sub_font_weight="400" f_mm_sub_font_line_height="1.1" mm_elem_border="0" mm_elem_border_a="0" mm_elem_bg="#f7f7f7" mm_elem_bg_a="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMTYyZWI3IiwiY29sb3IyIjoiIzE2MmViNyIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzE2MmViNzsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMxNjJlYjcsIzE2MmViNyJ9" f_mm_sub_font_size="eyJhbGwiOiIxMyIsImxhbmRzY2FwZSI6IjExIiwicG9ydHJhaXQiOiIxMSJ9" mm_elem_padd="5px 10px" mm_elem_space="10" mm_padd="eyJhbGwiOiIyMCIsInBvcnRyYWl0IjoiMTAifQ==" modules_gap="eyJhbGwiOiIyMCIsInBvcnRyYWl0IjoiMTAifQ==" all_modules_space="0" mm_sub_padd="eyJhbGwiOiIyMHB4IDEwcHgiLCJwb3J0cmFpdCI6IjEwcHgifQ==" image_height="60" modules_category_margin="3px 0 6px 0" f_title_font_family="731" f_title_font_weight="400" f_title_font_size="eyJhbGwiOiIxNSIsImxhbmRzY2FwZSI6IjEzIiwicG9ydHJhaXQiOiIxMSJ9" f_title_font_line_height="1.2" mm_subcats_posts_limit="5" cat_bg="#0d0b52" mm_shadow_shadow_size="0" mm_shadow_shadow_offset_vertical="0" mm_child_cats="10" mm_sub_width="eyJhbGwiOiIxNjAiLCJwb3J0cmFpdCI6IjEzMCJ9" mm_elem_color="#000000" mm_elem_color_a="#ffffff" sub_shadow_shadow_size="0" sub_border_size="2" f_sub_elem_font_family="731" f_sub_elem_font_weight="400" f_sub_elem_font_size="eyJhbGwiOiIxMyIsImxhbmRzY2FwZSI6IjExIiwicG9ydHJhaXQiOiIxMCJ9" tds_menu_sub_active1-sub_text_color_h="#157774" sub_rest_top="-16" sub_border_color="#dddddd" f_sub_elem_font_line_height="1.2" tds_menu_sub_active1-sub_elem_bg_color_h="#025889" main_sub_icon_align="0" video_icon="30" elem_padd="eyJwb3J0cmFpdCI6IjAgOHB4In0=" mm_align_screen="yes" sub_elem_padd="eyJwb3J0cmFpdCI6IjdweCAyMXB4In0=" sub_icon_pos="" sub_icon_space="10" tdc_css="eyJhbGwiOnsicGFkZGluZy10b3AiOiI1IiwicGFkZGluZy1ib3R0b20iOiI1IiwicGFkZGluZy1sZWZ0IjoiMjAiLCJiYWNrZ3JvdW5kLWNvbG9yIjoiI2ZmOTIwMCIsImRpc3BsYXkiOiIifX0=" sub_elem_bg_color="#025889" mm_bg="#025889" text_color="#ffffff" tds_menu_active3-bg_color="#ffffff" tds_menu_active2-border_radius="5" tds_menu_sub_active1-sub_color_h="#157774" sub_text_color="#157774" tds_menu_active3-text_color_h="#bdd63a" hover_opacity="50" tds_menu_active2-border_color="#ffffff" tds_menu_active2-border_size="2"]
Home समाचार रिपोर्टिङ डायरीः ‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

रिपोर्टिङ डायरीः ‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

0
रिपोर्टिङ डायरीः ‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

धनगढी, १ साउन (रासस) ः चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको थियो ।

जब चैत ११ गतेदेखि बन्दाबन्दी लागु भयो, तब देशभर एक किसिमको कोरोना आतङ्क छायो । शुरुआती चरणमा घरबाट मानिस निस्कनका लागि कल्पनासमेत गर्न डराउने स्थिति थियो । म सुदूरपश्चिमको कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडीमा बसेर आफ्नो पत्रकारिता गरिरहेको छु । म, श्रीमती र पाँच वर्षको छोरासँग घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा बस्छु । मेरो कर्म समाचार जनतामाझ पु¥याउनु थियो । चाहे जस्तोसुकै परिस्थिति आओस् म आफ्नो कर्ममा निरन्तर लागेर जनतालाई सूचना दिनुपर्छ भन्ने उद्देश्यले शुरुदेखि नै निरन्तर फिल्डमा खटिरहेँ ।

मैले अझ बढी समाचार खोज्नुपर्ने र नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोरोनासँग लड्ने राष्ट्रिय अभियानमा फ्रन्टलाइनमै रहेर कर्म निर्वाह गर्ने प्रण गरँे । समाचार सङ्कलनका क्रममा कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मीको मेहनत, स्थानीय तहका जनप्रतिनिधिको खटनपटन, विभिन्न स्थानमा युवा क्लबका युवाको सक्रियता त थियो नै तर सबैभन्दा बढी फ्रन्टलाइनमा विनास्वास्थ्य सामग्री यहाँसम्म कि मास्क र पञ्जाविना नेपाल प्रहरीको सक्रियता साँच्चिकै प्रशंसायोग्य पाएँ । तिनले राज्यको समाचार समितिको प्रतिनिधि हुनाको नाताले ठाउँठाउँमा सहज पहुँच दिलाउनाका साथै कतिपय अवस्थामा आफैँ तिनको सवारी साधनमा ल्याउने लैजानेसम्मका काम गरी मलाई सहयोग गरे ।

राससले सत्य, तथ्य र विश्वसनीय समाचार दिन्छ भन्ने विश्वास सुरक्षा निकाय र सम्बन्धित सबैमा परेको कुरा यस अवधिमा रामै्रसँग अनुभव भयो । जब बागलुङकी एक किशोरी, जो फ्रान्सबाट आएकी थिइन्, लाई कोरोना देखियो तब सुदूरपश्चिमका जनतामा भयानक त्रास हुने अवस्थाकै चरणमा युएईबाट आएका धनगढीका एक युवकमा कोरोना देखियो भन्दा म कार्यरत कैलाली जिल्ला नै आतङ्कित भयो । अब कोही बाँच्दैनौँ भन्ने लाग्न थाल्यो । घरमा सानो छोरा भएका कारण श्रीमती घर बाहिर नगए हुन्थ्यो भन्ने चाहन्थिन् तर कतिपय फिल्ड रिपोर्टिङमा नगई नहुने भएका कारण म जानैपर्ने थियो । यस क्रममा आफ्नै गृह जिल्लामा कोरोना देखिएपछि पारिवारिक दवाव पनि अलिकति थियो नै । म सुरक्षित भएर नै रिपोर्टिङ गरिरहेको थिएँ ।

काठमाडौँपछि मोफसलमा त्यो पनि कैलालीमा सङ्क्रमित भेटिएपछि कैलाली उच्च जोखिमयुक्त जिल्ला बन्यो अनि हामी उच्च जोखिम जिल्लाका पत्रकार । कैलालीमा एकपछि अर्को सङ्क्रमित देखिन थाले । युएईबाट फर्किएका धनगढीका युवकका भाउज्यूलाई पनि कोरोना देखियो । झनै त्रास बढ्यो । त्यसपछि वीरगञ्जबाट आएकी महिलालाई कोरोना देखिएपछि कैलालीको वातावरण त्रसित बन्यो । त्यसको केही दिनमै भारतबाट फर्किएका एक युवकलाई कोरोना देखिएपछि कैलालीमा चहलपहल शून्यको स्थितिमा झ¥यो भन्दा फरक नपर्ला । कोरोना सङ्क्रमण बढिरहेको थियो, सबै त्रसित थिए, तर भारतबाट फर्किएका लम्कीचुहाका युवकले कोरोनालाई पराजित गरे भन्ने खबर वैशाख ८ गते प्राप्त भएपछि कोरोना त्रासले बाँचिरहेका सबैका लागि अलिकति भए पनि खुशी मिल्यो ।

मेरा लागि भने जनतामा कोरोना त्रास हटाउन कलम चलाउने अवसर थियो जसको मैले सदुपयोग गरेँ । वैशाख ८ गते घर फर्किएका युवकको घरमै पुगेर मैले रिर्पोटिङ गर्नुपर्छ भन्ने सोचेर तयारी गरँे । मैले कोरोना कहरका बेला घरमै बसेर आफूलाई मात्र सुरक्षित राख्नु उचित ठानिन । म वैशाख १० गते आफू बसिरहेको घोडाघोडी नगरपालिका सुखडबाट कोरोनाको त्रासका बीच लकडाउनमा सुनसान र सन्नाटापूर्ण सडकमा सुदूरपश्चिम प्रदेशका पहिलो कोरोना विजेताको अनुभव तथा रोगलाई पराजित कसरी गर्न सकिन्छ भनी सोच्दै पत्रकारिताको कर्म निर्वाहका लागि मोटरसाइकलमा करीब ३५ किलोमिटर दौडिएँ ।

फिल्ड रिपोर्टिङमा हिँड्नैपर्ने मेरो दिनचर्या लकडाउनको दुई महिना व्यतीत भइसक्दा पनि खुम्चिएन, बरु अझ विस्तारित भयो । सकेसम्म सङ्क्रमणको जोखिमबाट जोगिएर मैले यो विषम परिस्थितिमा आफूलाई कहीँ कतै कमजोर, डरपोक र दायित्वच्यूत हुन दिइन । जब म कोरोना जितेका पहिलो व्यक्तिको घरबाट रिर्पोटि¨ गरेर फर्किएँ, समाचार प्रकाशन भयो, पत्रकारिता क्षेत्रका अग्रज तथा मित्रहरूले साहस गर्नुभयो भन्दै दिएको बधाई थापिरहेको मलाई मेरो पाँचवर्षे छोराले ‘बाबा तपाईँले त कोरोना लागेको मान्छेलाई भेटेर आउनुभएको रे, अब हामीलाई नि सार्नुहुन्छ रे, हामी पनि मर्छौँ रे’ भन्दा नमीठो अनुभव शायद जिन्दगीमा अहिलेसम्म भएन । मेरो पत्रकारिताको अनुभवमा मैले यसलाई निकै पीडादायी अनुभवका रूपमा लिएँ ।

मैले छोराको यो त्रासपूर्ण प्रेम आभास दिलाउने प्रश्नको छोटो उत्तर दिएँ ‘हैन बाबु त्यस्तो बोल्नु हुँदैन । ’ अनि फेरि निस्किएँ समाचारका खोजीमा । कोरोना नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले सबै क्षेत्र बन्द थिए, सबै वर्ग समस्यामा थिए तर सबैभन्दा बढी प्रभावित थिए यौन व्यवसायलाई मुख्य पेशा बनाएर जीवन निर्वाह गरिरहेको कैलालीका बादी समुदाय । म उनीहरूको समस्या समाचारमार्फत सम्बन्धित निकायसम्म पु¥याउन फेरि पनि लकडाउनका बीच बादी समुदायको बस्तीमा हान्निएँ । राष्ट्रिय समाचार समिति (रासस) मा ‘बादी समुदायलाई कोरोनाभन्दा भोकको चिन्ता’ भन्ने समाचार पठाएँ । समाचार प्रकाशन भएपछि श्रीमतीका साथी तथा छिमेकीले “तेरो श्रीमान् पत्रकार भएर चारैतिर डुल्छ, पूर्वतिरका पत्रकारहरूलाई कोरोना लागिसक्या छ, सम्झाउनू” भनेर भनेका रहेछन् ।

उनले मलाई अलि सुरक्षित भएर काम गर्न आग्रह गरिन् । छोरा र श्रीमतीले सुनाएको कुराले केही समय कलमलाई थाती राखेर पारिवारिक रूपमा रमाएर बसौँ कि झैँ लागे पनि सामाजिक जिम्मेवारी र पत्रकारिताको धर्म निर्वाह आफ्नो प्रमुख जिम्मेवारी रहेको कुरा बोध गरी सुरक्षित रहँदै समुदायमा सूचना पु¥याउने कर्ममा निरन्तर लागिरहेँ । त्रासपूर्ण बातावरका बीच कोरोना कहरमा बादी समुदायको बिचल्लीबारे गरिएको रिपोर्टिङबाट प्रभावित भई स्वीट््जरल्याण्डमा बस्ने शुभएल्मर लामाले खाद्य पदार्थ सहयोग गर्दा मलाई मनमा शान्ति मिल्यो । विभिन्न समस्या र कोरोनाको आतङ्कबीच गरिएको समाचार कर्मले कसैको घरमा चुल्हो बल्न पाएकामा आँखाबाट खुशीका आँशु निस्किए, मैले मन थाम्नै सकिन ।

त्यसभन्दा पनि म आफैँ खाद्यान्न लगेर बादी समुदायमा जाँदा पाएको आत्मीयता र सम्मानले निरन्तर कर्ममा खटिरहन प्रेरणा मिल्यो । म अहिले पनि कोरोना कहरका विषयमा समाचार सङ्कलन र प्रकाशन गरिरहेको छु तर पहिले जस्तो हैन । पहिले कोरोना लागेकाहरू समाचार बन्ने गर्थे भने अहिले कोरोना जितेर घर फर्किएकाहरू अवहेलनामा परेको भनी समाचार लेख्नुपर्ने बाध्यता छ । पछिल्लो समय लक्षण नदेखिएको भनी कोरोना लागेकाहरूलाई आइसोलेशनबाट सोझै घर पठाउँदा समुदायस्तरमा अझै जोखिम बढेको छ । गाउँघरमा मानिसहरू आतङ्कित भइरहेका छन् । जनप्रतिनिधि पनि समुदायमा जनचेतना फैलाउन सक्रिय छन् । जोखिम मोलेरै अहिले पनि निरन्तर समाचार कर्ममा सक्रिय छु तर पत्नी र पुत्रका ती प्रश्नले मनलाई झस्काउन भने छाडेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here