
१ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन ७ गतेबाट हुने पार्टीको चौधौँ महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवाले चलखेल सुरु गरेको निष्कर्ष निकालेको छ ।
बुधबार पौडेल पक्षले एक भेलाको आयोजना गरी सभापति देउवा पक्षले जथाभावी क्रियाशिल सदस्यता बाँडेको र आफ्नो पक्षका कार्यकर्ताहरुलाई कारबाही थालेको आरोप लगाएको हो ।
भेलाले यस सम्बन्धमा सभापति देउवालाई विरोध पत्र बुझाउने निर्णय गरेको भेलामा सहभागि एक नेताले जानकारी दिए । भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, प्रकाशमान सिंह, रामशरण महत, दिलेन्द्र बडु लगायतका नेताहरु सहभागि थिए ।