
१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाएको दाबी गरेको छ ।
प्रधानमन्त्री ओलीको अभिव्यक्ति एकपछि अर्को विवाद परेको अवस्थामा कांग्रेसले राम जन्मभुमी अयोध्याबारे दिएको भनाइले सरकारका बस्ने नैतिक धरातल गुमाएको टिप्पणी गरेको हो । बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले रामको जन्मभूमी भारत नभइ नेपालकै ठोरी भएको र भारतले साँस्कृतिक अतिक्रमण गरेको बताएका थिए ।
उक्त भनाइको चौतर्फी आलोचना भएपछि मंगलबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइको आशय विवाद उत्पन्न गराउनु र कसैको आस्थामाथि ठेस पु¥याउनु नरहेको प्रष्टिकरण दिएको छ । उक्त विषयप्रति लक्षित गर्दै कांग्रेसले भनेको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ ।’
कांग्रेसले ओलीले संस्कार, संविधान र संवेदनशीलतालाई भुलेर व्यक्तिगत सकनका भरमा सरकार सञ्चान गरेको आरोप लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न मिल्दैन। संस्थागत जिम्मेवारी भन्दा अलग निर्दलिय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन ।’
कांग्रेसले प्रधानमन्त्री ओलीको बोली व्यवाहार वा प्रधानमन्त्री नै बढल्ने मध्ये कुन निर्णय लिने हो लिनका लागि नेकपालाई आग्रह गरेको छ । ‘प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो, प्रवक्ता शर्माले अगाडि उल्लेख गरेका छन्, ‘तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसंग आवश्यक भएको छ।’
कांग्रेसले कोरोनाको नियन्त्रण र रोकथामका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा अन्यत्रै भएको गएको बताएको छ। सरकारको काम समवेदना मात्र व्यक्त गर्ने नभइ राज्यको दायित्व बहन गर्ने पनि हुनुपर्ने विज्ञप्तिमा लेखिएको छ । ‘बाढी–पहिरोमा कयौंको मृत्युु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछरु केवल समवेदनाको एक वक्तव्यरु कांग्रेसले सोधेको छ।
विपक्षी कांग्रेसले लिम्पियाधुरासहितको भुभाग समेटेर संविधान संशोधन भएपछि सरकारले त्यहाँ भोगाधिकार स्थापित गर्न ठोस पहल गर्नुको साटो सत्ता राजनीतिको हतियारको रुपमा प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएको छ। ‘संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छरु गम्भीर कुटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गर्नेरु कांग्रेसले भनेको छ।
गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएर ओलीले संवेदनशील बिषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गरेको कांग्रेसको निष्कर्ष छ।