५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

३१ असार, काठमाडौं । बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आज पनि नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले सतर्कता अपनाउनसमेत मौसमविद्ले आग्रह गरेका छन् ।

मौसमविद्अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभावका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले केहीदिन अझै वर्षाको सम्भावना रहेको छ ।

विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेअनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १र२ स्थानमा भने भारी वर्षा हुने विभागले जनाएको छ । त्यस्तै, शुुक्रबार गण्डकी प्रदेश र कर्णाली प्रदेशका १२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार