ओली–दाहाल वार्तामा प्रगति शून्य

३१ असार, काठमाडौं । पार्टीमा देखिएको विवाद समाधानको उपाय खोज्न ६ दिनपछि मंगलबार वार्तामा बसेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच कुनै ठोस प्रगति हुन सकेन ।

मंगलबार डेढघण्टासम्म चलेको वार्तामा कुनै ठोस प्रगति नभएको दाहाल निकट एक नेताले जानकारी दिए । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुव पदबाट राजीनामा दिनुपर्ने दाहालको अडान र कुनै हालतमा दुवै पद त्याग नगर्ने बरु पार्टी विभाजन गरेर अघि बढ्ने ओलीको चेतावनीका कारण पार्टी संकटमा छ।

यो विवाद समाधानका लागि ओली दाहालबीच लगातार छलफल भए पनि सहमतिको बिन्दु भेटिएको छैन । दुवै अध्यक्षले फेरि छलफल गर्ने भन्दै मंगलबारको छलफल टुंग्याएका थिए । पार्टीभित्रको कलह त्यसै छोडेर प्रचण्ड शनिबार गृहजिल्ला चितवन पुगेका थिए । उनी त्यहाँका विभिन्न क्षेत्रको अवलोकन र भेटपछि सोमबार काठमाडौँ फर्किएपछि मंगलबार ओली–प्रचण्ड वार्ता भएको हो ।

ओली र प्रचण्डबीच अहिलेसम्म भएका वार्ताले निकास निकाल्न सकेको छैन । पार्टीको दोस्रो तहका नेताहरु विवाद समाधानका लागि आफूहरु प्रयासरत रहेको र शीर्ष नेतालाई दबाब दिइरहेको बताउँछन् । यस्तै युवा नेताहरुले पार्टी विधान र नीति अनुसार चल्नु पर्ने बताउँदै आएका छन्। स्थायी कमिटि बैठक साउन २ गतेसम्मका लागि स्थगित छ । त्यसअघि सहमति खोज्ने जिम्मा शीर्ष नेतामा रहेको नेकपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार