बार्यनका कप्तान नुयरले क्रोएसियामा विवादास्पद राष्ट्रवादी गीत गाउँदै गरेको भिडियो सार्वजनिक

३० असोज, काठमाडौं । जर्मन क्लब बार्यन म्युनिख तथा जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान म्यानुयल नुयरले क्रोएसियामा बिदा मनाउने क्रममा विवादास्पद गीत गाउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा गोलरक्षक नुयरले अरु साथीहरुसँगै समुद्री किनारमा क्रोएसियाको विवादास्पद राष्ट्रवादी गीत लिजेपा लि सी (यु आर ब्युटिफुल) गाउँदै गरेको देखिन्छ । सो गीतले सन् १९९० को दशकमा क्रोएसियाका राष्ट्रवादीहरुले आफ्नो दाबी गरेको बोसनिया–हर्जगोभिनाको क्षेत्रलाई इंगिद गर्छ ।

नुयर अहिले आफ्ना गोलकिपिङ कोट टोनी तापालोभिकसँग बिदा मनाउन क्रोएसियामा छन् । गएको महिना लगातार आठौँपटक लिग उपाधि जितेको थियो । नुयरले बार्यनसँगको सम्झौता सन् २०२३ सम्मका लागि बढाएका छन् । तापालोभिक जर्मनीमा जन्मिएका हुन्, तर उनको वंश क्रोएसियासँग जोडिएको छ । उनका भाइ फिलिप तापालोभिक तीन पटक क्रोएसियाको राष्ट्रिय टिमबाट खेलेका थिए ।

नुयरले सो विवादास्पद गीतको अर्थ बुझेका छन् या छैनन् स्पष्ट भएको छैन । उनका म्यानेजरले नुयरले क्रोएसियन नबोल्ने बताएका छन् । लिजेपा ली सी लाई क्रोएसियाका अनौपचारिक फुटबल एन्थम मानिन्छ र सो गीत त्यहाँ अति चर्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार