पवनको प्रभाव सकियो, दिनभर कस्तो रहला मौसम?

२२ मंसिर, काठमाडौं । अरब सागरमा पवन समुद्री चक्रवातीय प्रणालीको प्रभाव नेपालमा सकिएको छ ।

हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ। अरु क्षेत्रमा भने मौसम सफा रहेको छ ।

आइतबार दिनभर देशका मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम सफा रहेने मौसमविदले बताएका छन् ।

राति पनि मध्य र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली र अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार