सबै स्थानीय तह पक्की सडकले जोडिने

२१ मंसिर, काठमाडौं । प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको समाचारलाई शीर्ष समाचार बनाइएको छ ।

समाचार अनुसार सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडककले जोडिने भएको हो ।

सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माणका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको पत्रिकामा लेखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि निर्माण गरी रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुने गरी काम अगाडि बढाइने जनाएको समाचारमा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार