
१९ मंसिर, काठमाडौं । नायिका प्रियंका कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छन् । मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै यसबारे लेखेकी छिन् ।
उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ । १. तिम्रो हात समात्नु । २. तिम्रो जोक्समा हाँस्नु । ३. तिमी सँगसँगै हिँड्नु । ४. सोफामा आरामले सँगै सुत्नु । ५. तिम्रो आँखामा हेर्नु । ६. र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।’
उनको यो पोष्टमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह १ आइ लभ यु’ प्रियंकाको पोष्टमा अहिलेसम्म १ सय ६६ जनाले कमेन्ट गरेका छन् ।