१८ मंसिर, काठमाडौं । अभिनेत्री ऋचा शर्माको विवाह मंसिर २१ गते अर्थात् डिसेम्बर ७ तरिखमा हुने निश्चित भएको छ ।
ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।
उनको विवाहको कार्डमा लेखिएको छ, ‘हामीले सन् २०१९ को डिसेम्बर ७ तारिखमा लगनगाँठो कस्न लागेको खबर दिन पाउँदा हामी निकै खुसी छौं । तपाईंहरुले हामीलाई यत्तिका वर्षसम्म जति माया र शुभकामना दिनुभयो त्यसका कारण हामी कृतज्ञ छौं । अब हामीलाई जीवनको यो नयाँ यात्रामा तपाईंहरुको आशिर्वाद र माया चाहिन्छ ।’