१५ मंसिर, कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपालाई अग्रता मिलेको छ । निर्वाचन आयोगले बिहान ६ बजे दिएको जानकारी अनुसार ६ हजार मत गन्दा नेकपाले ३२७६ प्राप्त गरेको छ। यसैगरी कांग्रेसले २११५ पाएको छ ।
उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई अधिकारी उम्मेदवार हुनुहन्छ। नेपाली कांग्रेसबाट खेमराज पौडेल र साझा पार्टीबाट रजनी केसी प्रतिस्पर्धामा हुनुहुन्छ ।