
१३ मंसिर, काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा डेब्यु फिल्म ‘साङ्लो’को पहिलो गीत सार्वजनिक भएको छ ।
‘चरीले काफल’ बोलको गीतमा विराजले पूर्व मिस नेपाल निकिता चाण्डकसँग नृत्य गरेका छन् । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मिलन नेवारको स्वर तथा कविराज गहतराजको नृत्य रहेको छ ।
लोकशैलीमा तयार पारिएको गीतमा निकिता र विराजको केमेस्ट्री सुहाएको देखिन्छ । ‘साङ्लो’ निकिताको अभिनयमा डेब्यू फिल्म हो । माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।
फिल्ममा विराज र निकिताको अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पी। पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको समेत अभिनय छ ।