पुरुष भलिबलमा बंगलादेशसँग नेपाल पराजित

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुषतर्फको भलिबल खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ ।

राखेप कभर्ड हलमा बुधबार भएको समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९, २५–२६, १२–१५ ले पराजित भयो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्नेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै भारत र बंगलादेश छन् ।

समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार