१२ मंसिर, काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो । सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नो छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो ।
किशोरीलाई दिल्लीको वेश्यालयसम्म पुर्याउने घटनाको सुरुवात ०७३ कात्तिकमा भएको थियो । त्यतिबेला दीपावलीको रौनक शुरु हुनै लागेको थियो । ९ कक्षामा पढ्ने किशोरीको मन भने भिन्ने कुराले तुलबुल भइरहेको थियो । काठमाडौंको पूर्वी भागमा बाबुआमासँग डेरा गरेर बसेकी उनी भाउजू ९भाञ्जादाइकी श्रीमती० ले अनौठो सपना देखाउदै घरबाटै लिएर हिँडेकी थिइन् । भाउजूले उक्साउदै भनेकी थिइन्, ‘पढेर के गर्छौ रु भारत जाम । होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाइदिन्छु’ ।
नाम ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैसा पनि कमाइने प्रलोभनको जालमा किशोरी परिहालिन् । उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भनेर । अनि उनलाई के थाहा, नर्कजस्तो जिन्दगीको बाटोतर्फ आफूलाई हिँडाइरहेको छ भन्ने । भाउजूसँगको सल्लाहमा उनी खुसुक्क घरबाट निस्किइन् । भाउजूले उनलाई नजिकैको वसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन् । ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन् । सीताले किशोरीलाई वीरगन्ज लगेर एक रात राखि रक्सौल हुँदै दिल्ली पुर्याइन् ।
धनुषा बेंगाडाबर घर भई दिल्लीमा वेश्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले किशोरीलाई आफूनो जिम्मामा लिइन् । प्रहरी अनुसन्धानले जुना र किशोरीकी भाउजूबीच पनि नातासम्बन्ध रहेको देखाएको छ ।
होन्डा कम्पनीको जागिर खाने सपना देखेकी किशोरी त्यतिबेला चकित पारिन् जतिबेला जुनाले उनलाई अश्लिल भिडियो देखाउँदै सोधिन् ‘तिमीलाई यस्तो गर्न आउछ रु’ जुनाका एक साथी थिए, दीपक । कलिली किशोरीलाई देखेपछि दीपकले भने, ‘यिनी नयाँ नै छिन्, तयार हुन एक महिना लाग्छ ।’ त्यसपछिका केही साता उनले जुनाकै घरमा सरसफाइको काम गरिन् ।
प्रहरीका अनुसार प्रत्येक दिन अश्लील सामग्री देखाउँदै किशोरीमा उत्तेजना ल्याउने प्रयास गरिएको देखिन्छ । जब उनीलाई किशोरी तयार भइन् भन्ने लाग्यो, त्यसपछि नाम बदलेर सोनिया राखिदिए । दिल्ली पुगेको १५ औं दिन किशोरीलाई जुनाले जबर्जस्ती मदिरा खुवाइदिन् र एक ग्राहकसँग यौन सम्पर्कको निम्ति बाध्य पारिन् । किशोरीले प्रहरी बयानमा त्यस्तो कामबापत जुनाले ५० हजार भारतीय रुपैयाँ बुझेको बताएकी छन् ।
किशोरीलाई जुनाले लगाएको काम स्वीकार्य थिएन तर उनी परिबन्दमा परेकी थिइन् । घर फर्कन्छु भनेर जिद्दी गरेपछि जुनाले भनिन् तिम्लाई १५ हजारमा किनेको हो । कान्तिपुर दैनिकले खबर छापेको छ ।