युवतीमाथि अस्पतालको कोठामै बलात्कार प्रयास

१० मंसिर, काठमाडौं । उपचार गर्न गएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झालाई अस्पतालबाटै पक्राउ गरेको हो । उनी अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत छन् ।

झाले आइतबार नियमित स्वास्थ्य जाँचमा आएकी एक युवतीमाथि अस्पतालकै कोठामा बलात्कार प्रयास गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो । ‘पीडित युवतीको उजुरीका आधारमा झालाई पक्रिएको हो,’ उनले भने । युवतीले आइतबार झाले आफूमाथि यौन दुर्व्यहार गरेको किटानी जाहेरी दिएकी थिइन् ।

झालाई अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालतमा पेस गरिने राईले जानकारी दिए । उनलाई ललितपुर प्रहरी परिसरमा हिरासतमा राखिएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार