त्यो रात दिल्लीको कोठामासँगै बसे अनि…

१० मंसिर, काठमाडौं । सिन्धुलीको २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए । उनले भने, भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति लक्ष्मीलाई विश्वास लाग्यो । खर्च अभावले दैनिकी घान्न मुस्किल परिरहेका बेला केही त होला नि भन्दै उनी भारत जान मञ्जुर भइन्  । उनलाई भारतमा जागिर खान जान विश्वस्त पार्ने ती व्यक्ति थिए सिन्धुलीकै राम बस्नेत ।

बस्नेतकै साथी सुरज थापाले पनि लक्ष्मीलाई सम्झाइबुझाइ गरेका थिए । उनीहरु बेलाबेलामा लक्ष्मीको घरमा आइरहन्थे र भारत गएर रोजगारी गरे राम्रो हुने कुरा गरिरहन्थे । लक्ष्मीले स्वीकृति जनाएपछि हिँड्ने मिति तय भयो । चैतमा उनीहरुबीच निजी गाडीमा वीरगन्जसम्म गई त्यहाँबाट बसमा जाने सल्लाह भएको थियो । सोही सल्लाहमुताबिक वीरगन्ज पुगेपछि उनीहरुले भारतको दिल्लीका लागि बसको टिकट काटे । लक्ष्मीलाई जागिर लगाइदिन्छु भन्ने रामले वीरगन्जमा पुगेपछि अर्को एकजना साथी पनि भेटाइदिने कुरा गरे । सँगै जान साथी हुने भयो भनी उनी रमाइन् । झापाकी २५ वर्षीय सविना (नाम परिवर्तन) वीरगन्जमा उनीहरुलाई कुरिरहेकी थिइन् ।

लक्ष्मीलाई जस्तै उनलाई पनि जागिरको आशा देखाइएको थियो । वीरगन्जमा लक्ष्मीलाई सविनासँग भेट गराइयो स। त्यहाँबाट चारैजना दिल्लीका लागि हिँडे । एक रात र एक दिनको बसयात्रापछि उनीहरु दिल्ली पुगे । त्यहाँ पुग्दा लक्ष्मी र सविना थकित भइसकेका थिए । थकित शरीरले आराम मागिरहेका बेला दुवैजना उक्त प्रस्ताव मान्न तयार भए । उनीहरुले त्यो रात दिल्लीको एक होटलमा बिताए । सँगै गएका ती दुई पुरुषले पनि लक्ष्मी र सविनासँगै कोठामा सुत्ने कुरा गरे । शुरुमा त विरोध जनाए । उनीहरुले जबर्जस्ती गरेपछि बिरानो ठाउँमा इन्कार गर्न सकेनन् । त्यो रात ती दुई पुरुषले लक्ष्मी र सविनालाई यौन सम्पर्क साथी बनाए ।

भोलिपल्ट बिहान ९ बजे उनीहरु सबै काम गर्ने ठाउँमा जाने भन्दै निस्किए । ती दुई युवाले उनीहरुलाई होटलको कोठीमा पुर्याए त्यसपछि लक्ष्मी र सविना छुट्टाछुटै कोठीमा छिरे । उनीहरु आफू बेचिइसकेको चाल पाए । नागरिक दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार