‘बाला’ १०० करोड कमाउने आयुष्मानको तेस्रो चलचित्र

८ मंसिर, एजेन्सी । आयुष्मान खुराना, भूमि पेडनेकर र यमी गौतम स्टारर बलिउड चलचित्र ‘बाला’ले भारतीय बक्सअफिसमा १०० करोडको व्यपार पूरा गरेको छ।

बलिउड व्यपार विश्लेषक तरण आदर्शले ट्वीट गरेर ‘बाला’ले १५ औँ दिन शुक्रबार १.३५ करोडको व्यापार गर्दै १०० करोड १५ लाख रुपैयाँ कमाएको जानकारी दिएका छन्। अमर कौशिकको निर्देशन रहेको चलचित्र नभेम्बर ८ मा रिलिज भएको थियो।

‘बाला’ १०० करोड क्लबमा प्रवेश गर्ने २०१९ को १५ औँ चलचित्र बनेको छ भने सय करोड कमाउने आयुष्मानको करियरको तेस्रो चलचित्र बनेको छ। यसअघि २०१८ अक्टोबर १८ मा रिलिज भएको आयुष्मानको चलचित्र ‘बधाई हो’ र २०१९ सेप्टेम्बर १३ मा रिलिज भएको ‘ड्रिम गर्ल’ले १०० करोडभन्दा बढीको व्यापार गरेका थिए।

‘बाला’मा आयुष्मान एक जना तालु खुइलिएको पात्रको भूमिकामा देखिएका छन् । तालु खुइलेका व्यक्तिहरुलाई मानिसहरुले गर्ने व्यवहार र उनीहरुले समाजमा भोग्ने समस्यालाई चलचित्रमा देखाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार