
७ मंसिर, सिमकोट । उपनिर्वाचनको मिति नजिकिँदै जाँदा हुम्लामा चुनावी अभियान तीव्र पारेका छन् राजनीतिक दलहरुले ।
आउँदो मंसिर १४ गते उपनिर्वाचनका लागि जिल्लाका ठूला दुई राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिने क्रम बढाएका छन् ।
चुनाव आउन एक हप्ता बाँकी रहेको अवस्थामा नेपाली कांग्रेस र नेकपाले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका हुन् ।
शुक्रबारसम्म मुख्य प्रतिस्पर्धी दलहरु नेपाली कांग्रेस र नेकपाले निक्कै मर्यादित र अनुशासित तरिकाले आफ्ना प्रचारका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि निर्वाचन हुँदैछ ।