वर्षा र हिमपातको सम्भावना, कुन–कुन क्षेत्रमा?

७ मंसिर, काठमाडौं । देशका अधिकांश क्षेत्रमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण हाल देशको पश्चिमी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

शनिबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार