बंगलादेश इमर्जिङ टिम्स कप क्रिकेटको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

६ मंसिर, काठमाडौं । घरेलु टोली बंगलादेश चौथो एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो समेफाइनलमा बंगलादेशले अफगानिस्तानलाई सात विकेटले हराएको हो । अब उपाधिका लागि उसले पाकिस्तानसँग शनिबार खेल्नेछ ।

बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । अफगानिस्तानका लागि डार्विश रासूलीले शतकीय पाली खेले । १ सय २८ बलको सामना गरेका उनले सात चौका र सात छक्काको मद्दतमा १ सय १४ रन जोडे । यस्तै वाहिदुल्लाह शफाकले ३४ र तारिक स्तानिक्जाईले ३३ जोडे ।

बंगलादेशका हसन महमुद र सौम्य सरकारले तीन–तीन तथा तन्वीर इस्लामले दुई विकेट लिए । बंगलादेशले ३९ ओभर ५ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । घरेलु टोलीका लागि सौम्य सरकारले ६१, कप्तान नाज्मुल हुसैन सान्टाले ५९, अफिफ हुसैनले ४५ र यासिर अलीले ३८ रन जोडे । बंगलादेशले दोस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएको थियो ।

यासिर र अफिफले चौथो विकेटका लागि अविजित ७५ रनको साझेदारी गरेका थिए । प्रतियोगतामा बंगलादेश पहिलो पटक फाइनल पुगेको हो । यसअघि पाकिस्तान भारतलाई तीन रनले हराउँदै फाइनल पुगेको थियो। यसअघि दुईपटक फाइनल पुगेको पाकिस्तान उपविजेतामै सिमित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार